सांसदले बजेट बा“डे

  • प्रकाशित मितिः पुष २५, २०७५
  • 1217 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २५–प्रदेशसभा सदस्यहरुले बजेट बा“डेका छन् । प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राईले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको योजनामा बजेट विनियोजन गरेका हुन् ।
जिल्ला सममन्वय समिति खोटाङको बैठक हलमा बुधबार पत्रकार सम्मेलन गरी त्यसको जानकारी गराएका हुन् । खोटाङ (क) अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा खेल मैदानलाई १७ लाख, जालपा बहुउद्देश्यीय सामुदायिक भवनमा दश लाख, बुइपाबजार कोल्फेडा“डा दम्कु सडक विस्तार १३ लाख, ऐसेलुखर्क गाउ“पालिकाको दिम्मा बगर–थुम्बेवर पारा दश लाख, बाकाचोल–बौद्धडा“डा हुदै महाजनटोल सडक १२ लाख, नोरुङ–लेवा कृषि सडक १२ लाख, रावाबेसी गाउ“पालिकाको डुम्रे आहाले बसेरी दुबेकोल सडक १५ लाख, कुभिण्डे दम्कु सडक १२ लाख, हौचुर–रावाखोला करिडोर सडक १० लाख, केपिलासगढी गाउ“पालिकाको बाक्सिला बहुउद्देश्यीय रङ्गशाला ३५ लाख, चिरंखे–सुम्धे–खोकेध सडक दश लाख, हलेसी तुवाचुङ नगरपालिकाको बलुइ–वाइटार–रातमाटे सडक दश लाख, तुवाचुङ–चिचिङ्गाङ्गा–सल्ले सडक आठ लाख, बस्नेतटोल दुम्देलो सडक आठ लाख, बोझेखोला हुदै–दाम्दले सडक आठ लाख र अर्खौले सुत्केरीढुङगा रिट्ठेबोट स्कुल हुदै फेदीसम्मको कृषि सडकमा दश लाख बजेट विनियोजन गरिएको छ ।
खोटाङ (ख) मा बराहापाखेरी गाउ“पालिकाको सिन्ताङ–बाघखोर–कोछाले–चमेरेघाट सडक तीस लाख, दमारखोला मुहान चेखेथुम सुन्तले खानेपानी योजना मर्मत पा“च लाख, जन्तेढुङ्गा गाउ“पालिकाको होङ्मा पोखरी निर्माण तथा पर्यटन प्रबद्र्धन दश लाख, काहुले मुर्लुम्पा–हिलेटार बोपुङ सडक २३ लाख, देविस्थान कुटिटार खानेपानी  योजना सात लाख, खोटेहाङ गाउ“पालिकाको खोटाङ मेर्ला–सिम्पानी सडक स्तरोन्नति १३ लाख, लिच्किराम्चेको देउराली–आहाले–कुभिण्डे–कोटपोखरी सडक निर्माण १७ लाख, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको ओख्रेडाडा“गाउ“ चारकिल्ला–चमारे–जमुने दिखुवादोभान सडक निर्माण १४ लाख, जनप्रभात प्रावि नौला वाराम्तुङ रेग्मीटार सडक १४ लाख, कामीडा“डा ओख्रेबजार–स्यालगौडे सडक स्तरोन्नति सात लाख, साकेला गाउ“पालिकाको डाडा“गाउ“ छापटोल–साप्सु सडक १७ लाख, खिदीमा चिचाइ पोखरी आठ लाख, रतन्छा दीपज्योति सामुदायिक विद्युतीकरण पा“च लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ रिट्ठाबोटे–दोर्पा लामदुवाली ग्रामीण कृषि सडक ११ लाख, नेर्पा संसारीडा“डा–बेसीटोल जोड्ने सडक स्तरोन्नति छ लाख, र अल्टेढुङ्गा–नेर्पा–दुमुली–लामदुवाली सडक खण्डको मेवाखोला–चिउरीडाडा“को पुरानो गाविस भवनसम्म सडक स्तरोन्नति १३ लाख रुपैया“को बजेट निनियोजन गरिएको छ । योजना कार्यान्वयनमा चुनौति भएकाले यसका लागि सबै पक्षले सहयोग गर्नु पर्ने प्रदेश सांसदहरुले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित