नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १९–काठमाडौंबाट खोटाङको माहुरेगढी प्राविधिक शिक्षालय आउदै गरेको बा १ झ ७४६७ नम्बरको स्कारपियो जेठ १९ विहान दुर्घटना हुदा तीन जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलञ्जोर गाउ“पालिका–७ लौकुनमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा सिटिईभिटी प्रशासन महाशाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका हुन् ।
विहान करिब पौने एघार बजेतिर भएको दुर्घटनामा बेपत्ता भएकाहरुको गोताखोर मार्फत खोजी भइरहेको घटनास्थलमा रहेका माहुरेगढी प्राविधिक शिक्षालयका प्रिन्सिपल पष्पराज प्याकुरेलले बताए । गाडीमा चालक सहित चार जना सवार थिए । चालक ३१ वर्षीय चालक कृष्ण चौधरीलाई नियन्त्रणमा लिई घुर्मीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको खोटाङका डिएस्पी मञ्जिल मुकारुङले बताए । उनलाई सवारी ज्यान केस चलाउँन लागिएको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित