नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई गम्बुटमा बेल्चा बोकेर तालखर्क पुुगे । उनका साथमा उपप्रमुख विसन राई, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पूर्व वडाअध्यक्ष समेत बेल्चा कोदालो बोरेर हिलाम्य सडक मर्मतमा जुटेका छन् ।
यो दिक्तेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियानले जुटाएको हो । नगरक्ष्ँेत्रभित्र सडकहरुको मर्मत गरी यातायात अबरुद्ध हुन नदिन श्रमदान अभियान सुरु गरेको छ । वर्षाको समयमा पनि नगरका १५ वटै वडाका सडकहरु अबरुद्ध हुन नदिन यो अभियान सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । सुरुमा उत्तरी क्षेत्र जोड्ने दिक्तेल–तालखर्क–खार्मी र दिक्तेल–तालखर्क–पाथेका सडक खण्डमा श्रमदान सरु गरिएको छ । भट्टराईले भने– ‘योसडक खण्डमा वर्षायाममा पनि यातायात अबरुद्ध नहोस् भनेर यहीबाट श्रमदान अभियान सुरु गरेका हौं ।’
उक्त सडकको नालीसफा, माथिबाट झरेको पहिरो पन्छाउ“ने, खाल्डा–खुल्डी पुर्ने लगायतको काम जनश्रमदानबाटै सुरु गरिएको उपप्रमुख विसन राईले बताए । ‘सानातिना सबै विकासे कामलाई नगरले बजेट दिन सक्ने अवस्था छैन ।’ राईले भने–‘वर्षामा सडक बिग्रिएर यातायात अबरुद्ध हुने ह“ुदा यसको मर्मतका गर्न पनि श्रमदान अभियान सुरु गरिएको हो ।’
जेठ १३ गते विधिवत रुपमा उद्घाटन गरी सुरु गरिएको श्रमदानमा जिल्लास्थित विभिन्न संघसंस्थाहरुको समेत सहभागिता छ । श्रमदानले विकासप्रति अपन्वत्व, मतदाताहरुसंग सामिप्यता, श्रम गर्ने बानीको विकास हुने भएकाले प्रभावकारी हुने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित