सविना अछामे–
खोटाङ, जेठ ८–हलेसी तुवाचङु नगरपालिका–१ बाहुनीडाडाँमा ट्याक्टर दुर्घटनामा एक शिक्षकको ज्यान गएको छ । को २ त ४६७६ नम्बरको ट्याक्टरले जेठ ७ गते करिब राती सात बजेतिर किचेर स्थानीय बेलडाडाँ आधारभूत विद्यालयका प्रअ ५३ वर्षीय मकरधवज राईको मृत्यु भएको हो ।
दूधकोसीबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टरमा चढेका राई स्थानीय रुपसेडाडाँ भन्ने ठाउँमा खसेपछि त्यही ट्याक्टरले किचेको वडाअध्यक्ष रुद्र राईले बताए । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । ओखलढङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएका चालक ३० वर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित