लाटकोसेरो तथा हुच्चील उत्सव हुने

  • प्रकाशित मितिः पुष २१, २०७५
  • 2166 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २१–जिल्लामा नेपाल लाटकोसेरो तथा हुच्चील उत्सव २०७५ हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आगामी माघ १८ र १९ गते उक्त उत्सव हुने भएको हो ।
वडा कार्यालय र प्रकृतिको साथीहरु नाम गैरसरकारी संस्थाको आयोजनामा उक्त महोत्सव हुने सुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । उत्सव आयोजक मुल समितिका संयोजक विकाश राईका अनुसार उत्सवको दुई साताअघि विभिन्न विद्यालयहरुमा लाटकोसेरो चेतना शिविरहरु सञ्चालन गरिने छ । 
उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने, लाटकोसेरोसम्वन्धी लघुम्युजियम प्रदर्शनी, घिर गाडे, झुलोचक्मक, खाथ्रो काट्ने लगायतका लोपोन्मुख स्थानीय खेलहरुको प्रतियोगिता हुने छ । त्यस दिन राती लाटकोसेरोसम्वन्धी भिडियो तथा स्लाइड प्रस्तुत गरिने छन् । उत्सवको दोश्रो दिन संस्कृति संरक्षण अन्तरगत स्थानीय डम्फु, सेलो, सेब्रु, साकेला, मारुनी, संगीनी, सालैजो, बालन, सडक नाटक, हाक्पारे, स्थानीय बाजाहरु (मुर्चुङ्गो, पीपीरी, यलम्बर, मादल, बासुरी) प्रदर्शन गरिने छ । त्यस दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटकोसेरोसम्वन्धी ना“च प्रस्तुत गर्ने संयोजक राईले सुनाए ।
उत्सवको अवसरमा विद्यालयस्तरीय लाटकोसेरो चित्रकला, कथा तथा कविता प्रतियोगिता गरिने छ । उक्त प्रदर्शनीमा लाटकोसेरोसम्वन्धी सूचना, चित्र तथा फोटोहरु प्रदर्शनी गरिने छ । उक्त दिन विभिन्न आठ लाटकोसेरोको आवाज सुनाइने छ । महोत्सवलाई उल्लासमय बनाउ“न अनुहार तथा नङमा लाटकोसेरोको चित्र बनाइने आयोजकले जनाएको छ । उक्त उत्सवमा लाटकोसेरोको रोबोट प्रदर्शनी गरिने छ । त्रिभूवन विश्वविद्यालय अन्तरगत प्राकृतिक विज्ञान संग्रहालयले लाटकोसेरोसम्वन्धी सामग्री समेत प्रस्तुत गर्ने संयोजक राईले बताए । महोत्सवकै अवसरमा अनुसन्धान तथा संरक्षणकर्मी रामजी गौतम र पत्रकार यादव आचार्यलाई २५–२५ हजार नगद सहित सम्मान गरिने संयोजक राईले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित