फरार अभियुक्त पक्राउ

  • प्रकाशित मितिः वैशाख 31, 2080
  • 820 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३१–हात हतियार तथा खरखजना केसमा दोषी ठहर भई फरार रहेका दुई जना पक्राउ परेका छन् । २०७८ पुस १२ गते जिल्ला अदालत खोटाङले तीन महिना २१ दिनको जेल सजाय सुनाएका हलेसी तुवाचङु नगरपालिका–१० का दिलशेर राई र खड्गसिं राई पक्राउ परेका हुन् । उनीहरुलाई बैशाख ३० गते पक्राउ गरी अदालतको आदेशमा बैशाख ३१ गते काराजार पठाइएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित