बालिकाहरुलाई यौन दुब्र्यबहार अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई सात दिनको म्याद थप

  • प्रकाशित मितिः वैशाख 31, 2080
  • 716 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३१–आफ्नै फाउण्डेसनमा अध्ययनरत बालिकाहरुलाई यौन दुब्र्यबहारको अभियोगमा पक्राउ परेका शुभद्रा मदन फाउण्डेसनका सञ्चालक तथा कृषि विज्ञ मदन राईलाई बैशाख ३१ गते सात दिनको म्याद थप गरिएको छ । सुक्रबार पक्राउ परेका राईलाई तीन दिनपछि जिल्ला अदालतमा म्याद थप गरी बाल यौन दुरुपयोगमा मुद्दा चलाइएको हो ।
राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँमा रहेको फाउण्डेसनबाटै बैशाख २९ गते दिउसो १२ बजेतिर पक्राउ गरिएको थियो । राई सम्बद्ध फाउण्डेसनले विगत छ वर्षदेखि जीवनोपयोगी शिक्षा दिदै आएको थियो । फाउण्डेसनको व्यवस्थापनमा २०७२ सालदेखि जनजागृति मावि सञ्चालन गर्दै आएको थियो । उक्त विद्यालयमा (१ देखि ११ कक्षा) यो शैक्षिक सत्रमा विभिन्न ठाउँका विभिन्न समुदायका ९७ जना विद्यार्थी भर्ना भएको विद्यालयकी प्रअ सविता ढकालले सुनाइन् । गत शैक्षिक सत्रमा एक सय १८ जना विद्यार्थी थिए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित