नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

  • प्रकाशित मितिः बैशाख २९, २०८०
  • 197 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २९–नक्कली नोट सहित एक भारतीय पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट नक्कली नोट सहित भारत बिहार राज्य मधुवनी जिल्ला सुक्की पञ्चायत –७ बस्ने २७ वर्षीय अखिलेशकुमार सिंह पक्राउ गरेका हुन् ।
सिंहलाई इलाका प्रहरी कार्यालय हलेसीको टोलीले खानतलासी गर्दा यसको सात थान नक्कली नोट सहित पक्राउ गरेको हो । प्रतिवादि बिरुद्घ मुद्रा सम्वन्धी कसुर अन्तरगत जिल्ला अदालतबाट सात दिनका लागि म्याद थप गरी थप अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित