ठगी गर्ने दम्पती पक्राउ

  • प्रकाशित मितिः बैशाख २९, २०८०
  • 239 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २९–विदेश पठाउने नाममा ठगी गर्ने दम्पत्ती पक्राउ परेका छन् । विभिन्न देशमा पठाउँने भन्दै विभिन्न व्यक्तिलाई लाखौ ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ३८ वर्षीय ज्ञानुु कर्णबेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियार बैशाख २७ गते पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न व्यक्तिबाट ५ लाख १५ हजार लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । वैदेशिक रोजगारिका नाममा ठगी गर्नमा संलग्न दम्पति विरुद्घ जिल्ला अदालतबाट वैशाख २७ गते पक्राउ गरी अनुुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक मुकारुङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित