जन्ती बोकेको बसको ठक्करबाट एक जना घाइते

  • प्रकाशित मितिः बैशाख २७, २०८०
  • 256 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ, बैशाख २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेमा बसले  मोटरसाइकललाई बैशाख २७ गते मुढेमा ठक्कर दिदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ३२ वर्षीय राजन राई गम्भिर घाइते भएका छन् । जालपाबाट जन्ती बोकेर दिक्तेलतर्फ आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बसले दिक्तेलबाट हुर्लुङ जादै गरेको बा ८३ प २८६६ नम्बरको मोटरसाइकललाई दिउसो दुई बजेतिर ठक्कर दिदा राई घाइते भएका हुन् ।

राईको दिक्तेलस्थित फेमिली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । उनको काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सिन्धुली दूधौली नगरपालिका बस्ने २५ वर्षीय रत्नकुमार बानिया क्षेत्रीलाई प्रहरी नियन्त्रणमा लिइएको मुकारुङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित