मझुवागढीमा कोसीको विरोध गर्दै उभौली मनाए

  • प्रकाशित मितिः बैशाख २२, २०८०
  • 250 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २२–मझुवागढीमा आयोजना गरिएको उभौली साकेला सधैको जस्तो थिएन । चर्को नाराबाजी र भाषणमा कोसी प्रदेशको विरोध गर्दै उभौली मनाइरहेका थिए किराती समुदाय । कोसी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नु पर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
विरोधपछि ढोल, झ्याम्टाको तालमा तन्नेरीहरु साकेला सिली नाचेका छन् । किरात राई यायोक्खा, किरात सेवा समाज, मझुवागढी संरक्षण समितिको आयोजनामा साकेला सिलीमा किरातीहरु मात्र होइन गैरकिरातले समेत लहर मिलाएका हुन् ।
किरातीहरुले बैशाखे पूर्णीमामा उभौली र मङ्सिरे पूर्णीमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाँच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली र मङ्सिरे पूर्णीमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातले बताए ।

photo2
उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । मङ्सिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । मङ्सिरे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाउने गरिएको किरातले बताए । उभौली–उधौली आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ । उभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँहरुमा उभौली मनाइएको किरातले बताए ।
साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरातले बताए ।

photo1

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित