नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–जिल्लाको दुई स्थानीय तहले कोसी प्रदेश नलेख्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिकाले अर्को व्यवस्था नभइन्जेलसम्मका कोसी प्रदेश नलेख्ने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैशाख १९ गतेको कार्यपालिका बैठक र खोटेहाङ गाउँपालिकाको बैशाख १० गतेको गाउँकार्यपालिका बैठकले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि कोसी प्रदेश नलेख्ने निर्णय गरेको हो । उक्त स्थानीय तहहरुले साइनबोर्ड, लेटरप्याड, स्ट्याम्पमा कोसी प्रदेश नलेख्ने निर्णय गरेको हो । कोसी प्रदेश विरुद्धको आन्दोलन चर्कदै जाँदा दुई स्थानीय तहले गरेको निर्णय स्वागतयोग्य भएको संयुक्त संघर्ष समितिका संयोजक युगसन किरातले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित