सगरमाथा लोकमार्ग निर्माणका ठेकेदारलाई कारबाहीको माग गर्दै यातायात अबरुद्ध

  • प्रकाशित मितिः वैशाख 17, 2080
  • 641 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १७–गाइघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयले बैशाख १७ गते यातायात अबरुद्ध पारेका छन् । निर्माण कम्पनीको हेल्चेक्राइ“ले सडक निर्माण अलपत्र परेको भन्दै निर्माण संलग्नलाई कारबाही गर्न माग गर्दै महुरेगढीमा मध्यपहाडी लोकमार्ग विहान दुई घण्टा यातायात अबरुद्ध पारेका हुन् ।
सिम्पानी–महुरे सडक खण्ड सडकको काम अलपत्र पार्ने भरत कन्ट्रक्सन-सिद्घि शाही जेभी र फोक्सिङटार–सिम्पानी कालोपत्रेको काम ठेक्का लिने देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे निर्माण कम्पनीलाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । यीमध्ये सिम्पानी–महुरे सडक खण्ड सडकको काम अलपत्र पार्ने भरत कन्ट्रक्सन÷सिद्घि शाही जेभीले २०७७ असार २९ गतेभित्र सक्ने गरी २०७३ असार ३० गने संझौता गरेको थियो । करिब ४१ करोड ५० लाख रुपैया“को लागतमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेसम्मको २३ किलोमिटर सडक निर्माणको ठेक्का लिएको हो । यसमध्ये करिब ५० प्रतिशत मात्र सम्पन्न भएको गाइघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । यो सडक निर्माणअवधि आगाी असारसम्म मात्र छ ।

banda
त्यस्तै फोक्सिङटार–सिम्पानी कालोपत्रेको काम पनि अलपत्र परेको छ । निर्माणमा संलग्न देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले उक्त सडक खण्ड (२६ किलोमिटर)कालोपत्रेका लागि करिब ५५ करोड ८७ लाख रुपैया“को लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ गते संझौता गरेको थियो । तर काम भने अलपत्र परेको प्रदेशसभा सदस्य पा“चकर्ण राईले बताए । यो सडक बनाउ“न सुरु भएको २७ वर्षमा पनि पूरा हुन नसकेको राईले बताए । यो सडक निर्माण कम्पनीले खोटाङेको भविष्यमा खेलबाड गरेकाले कारबाही हुनु पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाअध्यक्ष दिनेश राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका वडाअध्यक्ष अनिश कार्की लगायतले निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याउ“नु पर्ने बताए ।
फोक्सिङटार–सिम्पानी र उदयपुरको अ“धेरीखोला–फोक्सिङटार सडकको काम अलपत्र पारेपछि गत पुस ८ गते ठेक्का तोडेर कालो सूचीमा राएिको थियो । तर माघ ४ गते निर्माणमा संलग्नहरुले उच्च अदालत पाटनमा निवेदन दिएपछि ठेक्का नतोड्न अन्तरिम आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित