कृषि मेला प्रदर्शनी

  • प्रकाशित मितिः पुष १४, २०७५
  • 1356 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस १४–दिक्तेलमा कृषि मेला प्रदर्शनी गरिएको छ । कृषि उत्पादनको बजारीकरणका लागि पुस १३ र १४ गते दिक्तेलको हेलिप्याडमा कृषि मेला आयोजना गरिएको हो ।
मेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का सुरमान राई उत्कृष्ट कृषक घोषित भएका छन् । उनलाई २५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै दिक्तेलस्थित सरस्वती माविले उत्कृष्ट स्टल प्रदर्शन गरेकोमा नगद पा“च हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
अन्य २८ स्टल प्रदर्शन गर्ने सहभागीलाई नगद दुई हजार पा“च सय सहित प्रमाणपत्र प्रदान गरिएको छ । यसअन्तरगत शान्ता खाडी उद्योग याम्खा, टोड्के सागे कृषक समूह नुनथला, निरौली कृषि सहकारी नेर्पा, शुभम् फाउण्डेसन सोल्मा डाडागाउ, खोटाङ कृषि फार्म सोल्मा, झिसेपु किरात स्टोर्स झिसेपु, जोशी कृषि केन्द्र बाम्राङ, इन्द्र खुकुरी उद्योग सोल्मा, वातल प्रगतिशील कृषक समूह खाल्ले, सोल्मा कृषि सहकारी सोल्मा, पारुहाङ कृषि समूह दोर्पा, रुपाकोट कृषि फार्म सोल्मा, सगरमाथा अकुवा एग्रो प्रालि सोल्मा, श्रीमावि बास्बोटे लफ्याङ, कालिका कृषि सहकारी दिक्तेल, डम्बर खुकुरी उद्योग दिक्तेल, हातेमालो कृषि सहकारी दिक्तेल, खोटाङ कोशेली घर दिक्तेल, नुनथला बास उद्योग नुनथला, शुभ कृषि फार्म, सनिमतमु राडीपाखी उद्योग नेर्पा, टेम्मा मौरीपालन तथा मह प्रशोधन केन्द्रलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी मनमाया राडीपाखी उद्योग नेर्पा, सिर्जनशील तरकारी उत्पादक समूह सोल्मा, अर्गानिक फार्म नेर्पा, सकाल खाद्यन्न बाली कृषि समूह बुइपा, रातमाटा राडीपाखी उद्योग याम्खा, पञ्च मावि दिक्तेल, कागती पकेट क्षेत्र बुइपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १५, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ लाई समेत स्टल प्रदर्शन गरेकोमा पुरस्कृत गरिएको हो ।
मेलामा सहभागी हुनेलाई समेत पुरस्कृत गरिएको छ । यसअन्तरगत फलफूलतर्फ दिप्रुङ चुइचुम्मा १ का रामबहादुर कु“बर, दलहन, तेलहन तथा नगदेबालीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का लीलाप्रसाद आचार्य, खाद्यान्नतर्फ दिप्रुङ चुइचुम्मा १ का झमक अधिकारी, माछातर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का पेशल कार्की, तरकारीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का खिनमाया“ आचार्य, आलुतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का केदार कटवाल, विविध बालीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का नन्दप्रसाद घिमिरे प्रथम भएका छन् । उनीहरुलाई चार हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै फलफूलतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का जीवराज पोखरेल, दलहन, तेलहन तथा नगदेबालीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का उमेशचन्द्र आचार्य, आलुतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ की उषा राई, खाद्यान्नतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की अम्बिका आचार्य, माछातर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का दुर्गाप्रसाद रिजाल, तरकारीतर्फ दिप्रुङ चुइचुम्मा–१ का सुरज कु“बर, विविधबालीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का कमल खत्री दोश्रो भएका छन् । उनीहरुलाई नगद तीन हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी फलफूलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का सुमन राई, दलहन, तेलहन तथा नगदेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की गोमा आचार्य, आलुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कै विकाश आचार्य, खाद्यान्नमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का यामकुमार श्रेष्ठ, तरकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का शान्तिनारायण जोशी, विविधमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का देउकुमार राई तेश्रो भएका छन् । उनीहरुलाई दुई हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ की सावित्रा खतिवडा मुला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की विन्दाकुमारी आचार्य रायोसाग, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ की कमला अधिकारी फर्सी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ की सारदा घिमिरे केरा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की रमिला विक किवी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का युवराज खतिवडा सूर्यमुखी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की देवीमाया“ खत्री तोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का दिलबहादुर नेवार लसुन विधामा सान्त्वना भएका छन् । उनीहरुलाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
मेला प्रदर्शनीको समापनका वक्ताहरुले कृषि उत्पादनमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको विषयमा जोड दिएका थिए । मेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा कृषि ज्ञान केन्द्रको सहआयोजनामा भएको हो ।
यसै अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र काठमाडौंस्थित आर.एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि बीच कृषि क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु लगायत उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत महिला उद्यमशीलताको विकास तथा सवलीकरण गर्न संझौता भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित