सविना अछामे–
खोटाङ, चैत २४– हलेसी तुवाचुङ नगरपालिका– ८ धितुङका ४ आमा समुहले कुटानी पिसानी मिल पाएका छन् । उनीहरुको दैनिकीमा सहजता ल्याउन वडाले चैत २३ गते मिल प्रदान गरेको हो ।
चालु आर्थिक वर्ष २०७९÷०८० मा वडाबाट विनियोजित दुई लाख बजेटबाट ४ वटा कुटानी पिसानी मिल खरिद गरेर आमा समूहलाई प्रदान गरिएको वडाध्यक्ष टेकराज राईले बताए ।
वडाले प्रदान गरेको मिल भाडबेंसी, पन्थे, दियाले र नयाँ बस्तीका आमासमूहरुले पाएका छन् । अन्य आमा समूहले पनि माग गरिरहेको हुँदा नगरपालिकासंग समन्वय गरेर आगामी दिनमा मिल उपलब्ध गराइने वडाध्यक्ष राईले बताए । आमाहरुको सहजताका लागि मिल प्रदान गरिएको उनले बताए । कुटानी पिसानी मिल पाएपछि ढिकी–जाँतोले पालो पाउँने भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित