कोसी प्रदेश विरुद्धको आन्दोलनमा घाइते भएका लिम्बुको निधन

  • प्रकाशित मितिः चैत १०, २०७९
  • 764 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
धरान, चैत १०– कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको चैत १० गते विहान मृत्यु भएको छ । सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए । सुरक्षाकर्मीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागे पनि उनी घरैमा उपचाररत थिए तर चैत ८ गते राती रिंगटा चलेर बान्ता गरेर अचेत भएपछि बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्ष हुँदै आईसियुमा भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा उनको मृत्यु भएको थियो । संघर्ष समितिले चैत १० गते बिहान एक विज्ञप्ति जारी गर्दै लाजेहाङलाई सहिद घोषण गर्न माग गरेको छ । हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रपूर्वक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं नेपाल प्रहरीले लिनु गर्ने विज्ञप्तीमा उल्लेख छ ।  शान्तिपूर्ण आन्दोलनमा प्रदर्शनकारीको टाउकोमा ताकेर लाठीचार्ज गर्ने हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने र कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता समेत जनाउँदै संयुक्त संघर्ष जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित