सविना अछामे–
खोटाङ, चैत १०–आत्मदाहको प्रयास गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षका भलकाजी बास्तोलाको निधन भएको छ । गत चैत ३ गते राती शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका बास्तोलाको चैत ९ गते राती जिल्ला अस्पताल खोटाङमा निधन भएको हो ।
किर्तिपुर बर्न अस्पताल काठमाण्डौंले थप उपचार हुन नसक्ने भन्दै डिस्चार्ज दिएपछि बास्तोलालाई फकाएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो । उनको उपचारको क्रममा राती साडे दुई बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि घाइते बास्तोलालाई चैत ४ गते किर्तिपुर बर्न अस्पताल काठमाडौं लगिएको थियो तर बास्तोलाको स्वास्थ्य सुधार हुनुको सट्टा झन बिग्रदै गएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित