सविना अछामे
खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा खोटाङका शाखा प्रबन्धक होमराज खतिवडाले विभिन्न व्यक्तिको रकम लिएर सम्पर्क विहीन भएको गुनासो गरेका छन् । चिनजानका साथीभाइसंग लाखौं पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्क विहीन भएको गुनासो गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङ घर भएका खतिवडाले आफू लगायत थुप्रै व्यक्तिबाट रकम लिएर सम्पर्क विहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्माले बताए । खतिवडाले विश्वकर्माबाट केही दिनमा फिर्ता गर्ने गरी ६ लाख सापटी लिएको विश्वकर्माको भनाई छ । खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिकेको विश्वकर्माले बताए । खतिवडा सम्पर्क विहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय बिराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्माको गुनासो छ । खतिवडाले करिब एक करोडको हाराहारीमा सापटी लिएर सम्पर्क विहीन भएको उनीहरुले बताएका छन् । खतिवडा सम्पर्क विहीन भएपछि उनको ठाउँमा दिपक खत्रीलाई पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित