नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २२–यो वर्ष होलीको चहल पहल त्यत्ति देखिएन । स्कुले नानी–बाबुहरु बाहेक अन्य युवाहरु कमै मात्र देखिन्थे । युवा जति विदेश तथा शहरतिर पसेकाले होलीको रौनक घटेको हो ।
युवाहरु घर नबस्नु र बसेकाहरु पनि विभिन्न पेशा व्यवसायमा भएकाले व्यस्तताका कारण होलीको रौनक घट्दै गएको स्थानीयको भनाई छ । होली मनाउँने तरिका पनि परिवर्तन भएकाले बजारमा भिडभाड नदेखिएको हो । कर्मचारी लगायतका भएका युवाहरु होली मनाउ“न रमणीय स्थलतिर जाने भएकाले दिक्तेल बजार रित्तोजस्तै देखिएको स्थानीय गुणराज सैंजू बताउँछन् । विगतका वर्षहरुमा कोरोनाले होली खेल्न छाडेको र त्यसको प्रभाव अहिले पनि रहेको देखिन्छ ।
आर्थिक मन्दीले पनि यो वर्ष होलीको रौनक घटेको हुन सक्ने खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयको भनाई छ । यसबाहेक विहेको सिजन भएकाले घरमा भएका युवाजति त्यतातिर व्यस्त भएकाले पनि होलीमा खासै रौनक नदेखिएको बजिमयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित