भलिबलको प्रथम उपाधि नेर्पालाई

  • प्रकाशित मितिः पुष ९, २०७५
  • 1193 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
सोल्मा (खोटाङ), पुस ९–सोल्माको साकेलाथानमा सम्पन्न वडास्तरीय भलिबल खेलको प्रथम उपाधि नेर्पाले चुमेको छ । सोमबार सम्पन्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडास्तरीय खेलमा वडा नं २ सोल्मा आयोजक टिमलाई हराउ“दै वडा नं ६ नेर्पाले प्रथम उपाधि चुमेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडास्तरीय खेलको सेमीफाइनलिष्ट वडा नं ७ दोर्पा र वडा नं ८ बुवालुङ भएका छन् । प्रथम टिमलाई ५५ हजार पा“च सय ५५, दोश्रो हुनेले ३३ हजार तीन सय ३३ र सेमीफाइनलिष्टलाई १५ हजार १५ रुपैया“ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको वडा नं २ सोल्माका वडा अध्यक्ष हर्कबहादुर खत्रीले बताए ।
खेलको उत्कृष्ट खेलाडी वडा नं ७ दोर्पाका सचिन राई, उत्कृष्ट स्पाइकर नेर्पाका युवराज राई (मुना), उत्कृष्ट टिमकोच नेर्पाका सुकदेव राई घोषित भएका छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्काइकर र टिमकोचलाई तीन–तीन हजार नगद, ट्रफी र प्रमाणपत्र दिइएको छ ।
सक्रिय विकास मञ्च नेपाल सोल्माले आयोजना गरेको खेलमा दश टिम सहभागी भएको आयोजक सुमन राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित