सविना अछामे-
खोटाङ, फागुन १४–सोल्मा स्पोर्टस क्लब सोल्माले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस क्लबको खेलमैदानमा फागुन १३ गते सम्पन्न खेलमा नगरपालिकाको वडा नं ११ खार्मीलाई ‘ट्राइब्रेकर’मा हराउँदै नेर्पाले उपाधि चुमेको हो ।
खेलमा १८ वडाका खेलाडी सहभागी खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तल र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाले सेमिफाइनलिस्ट घोषित भए । प्रतियोगिताको विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, दोश्रोले ६६ हजार छ सय ६६ र सेमिफाइनलिष्टले ३३ हजार तीन सय ३३ नगदका साथमा ट्रफि, मेडल प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँ, बेस्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भए । अनुशासित टिम र बेस्ट प्लेयरलाई क्रमश : नगद पाँच हजार पाँच सय ५५ प्रदान गरिएको छ । प्रतियोगिताको बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेस्ट डिफेन्डरमा खार्मीकै धुव्र विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइस्कोरमा नर्पाकै विदेश राई, बेष्ट कोचमा नर्पाकै प्रज्वल गुरङ, योङ्गेष्ट प्लेयरमा नेर्पाकै प्रज्ज्वल गुरुङ घोषित भए । बेष्ट किपर, बेष्ट कोच, बेष्ट डिफेन्डर र योङगेष्ट प्लेयरलाई जनही नगद तीन हजार तीन सय ३३ प्रदान गरिएको छ ।
प्रतियोगितको औपचारिक उद्घाटन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राईले फागु ६ गते उद्घाटन गरेका थिए । समापन कार्यक्रम सोल्माका स्थानीय समाजसेवी एबम् सिङगापुर प्रहरीका पूर्वप्रहरी निरीक्षक रुद्घ राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
युटुबर मनोज आचार्य पुरस्कृत :
सोल्मा स्पोर्टस् क्लबले आयोजना गरेको तेश्रो संस्करणको प्रतियोगिता सफल पार्न उल्लेख्य भूमिका निर्वाह गर्ने युटुबर मनोज आचार्य पुरस्कृत भएका छन् । उनलाई प्रतियोगिताको समापनको अवसरमा नगद पाँच हजार पाँच सय ५५ राशीको ‘सोल्मा खेल्कुद पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
सितोरियो कराते खेलाडी सम्मानित :
सितोरियो कराते खेलाडी विद्याकला राईलाई पुरस्कृत गरिएको छ । एक लाख नगद सहित राईलाई सम्मान गरिएको हो । खेलकुदको माध्यमबाट जिल्ला र परिवारको नाम फैलाएको भन्दै मावली विक्रम राई परिवारले विद्याकलालाई नगद सहित सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित