सविना अछामे–
खोटाङ, फागुन १४–पत्रकार चिसाङ शेर्पालाई खोटाङ उद्योग वाणिज्य संघले पुरस्कृत गरेको छ । फागुन १३ गते सम्पन्न संघको २५ औं साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शेर्पा पुरस्कृत भएका हुन् ।
संघले स्थापना गरेको ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट नगद पाँच हजार सहित पुरस्कृत गरिएको हो । खोटाङ उद्योग बाणिज्य संघले हरेक जिल्ला अधिवेसनको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
पत्रकारिताको माध्यमबाट खोटाङको उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्घनमा पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकार शेर्पालाई पुरस्कार प्रदान गरिएको खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलका अध्यक्ष उपीनकुमार राईले बताए । वाणिज्य संघको सचिवालय भवन समेत उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित