नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी

  • प्रकाशित मितिः फागुन 6, 2079
  • 840 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ६–नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को अध्यक्षमा चित्रकुमार सुवेदी चयन भएका छन् । फागुन ६ गते दिक्तेलमा भएको चौथो जिल्ला अधिवेशनले सुवेदीलाई चयन गरेको हो ।
उपाध्यक्षहरुमा सविना मगर, कल्पना तोलाङ्गे, सचिवमा पङ्कज आचार्य, सहसचिवमा करुणा श्रेष्ठ, कोषाध्यक्षमा युवराज कालिकोटे निर्वाचित भएका हुन् । सदस्यहरुमा काशिराज कार्की, विष्णु श्रेष्ठ, सयन्त्र राई, विवश राई, सम्झना माझी, दिपक राई, प्रदीप पोखरेल, कमला विश्वकर्मा, रामबहादुर नेपाली, विष्णु अधिकारी निर्वाचित भएका छन् ।
सल्लाहकारहरुमा धर्मराज आचार्य, मोहन महासेठ, दिपकचन्द्र आचार्य, मनकुमार राई, सन्तोषकुमार राई, लिलाबहादुर विश्वकर्मा, विमलकुमार देव, मिना राई, कृष्णप्रसाद बास्तोला, ध्यानबहादुर राई, तुलसी गुरागाईँ, मोहन मगर, सुनिल पन्थी, तेजप्रकाश देवकोटा, कान्ति श्रेष्ठ, रामसागर मण्डल र निरकुमार बस्नेत छानिएका छन् ।
प्रदेश प्रतिनिधिमा उत्तम आचार्य, बाबुराम बस्नेत, युवराज कालिकोटे (खोटेहाङ), प्रेमकुमार राई, धनकुमार खत्री, सुजन राई, तोसल भट्टराई र प्रविणा तोलाङ्गे छनौट भएका छन् । केन्द्रीय प्रतिनिधिमा राजकुमार राई, सुजन भण्डारी, तीर्थ विश्वकर्मा र होमनाथ ढकाल निर्विरोध भएका छन् ।
यसै बीच उक्त संगठनकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर आयोजक समिति समेत बनेको छ । जीवन आचार्यको संयोजत्वमा नगर आयोजक समिति बनेको हो । सदस्यहरुमा श्रीदेवी राई, दैवकेशर कालिकोटे, धनकुमारी विश्वकर्मा, रमिला आचार्य, मोहन दुलाल, सविना आचार्य, रेवत राई, प्रवेश बम्जन, सञ्जय राई, गंगाप्रसाद गिरी, डुब्लुप्रसाद बास्तोला, मनबहादुर राई, रामकुमारी राई लगायतको नगर आयोजक समिति बनेको हो । अधिवेशनमा विनोदकुमार थापा सम्मानित भएका छन् । उनले संगठनमा लामो समयसम्म काम गरेर विशेष योगदान पु¥याएवापत सम्मान गरिएको हो ।
अधिवेशन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’को प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि राई, विशेष अतिथि नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई, संगठनका केन्द्रीय उपाध्यक्ष अम्बादत्त भट्ट, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष ध्रुव कार्की, नेपाल निजामती कर्मचारी संगठन खोटाङकी अध्यक्ष रेखा राई, कर्मचारी युनियन खोटाङका सचिव शम्भु तामाङ, कर्मचारी आन्दोलनमा नोकरी गुमाएका रामविक्रम थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित