राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङका ६८ विद्यार्थी सहभागी

  • प्रकाशित मितिः पुष ८, २०७५
  • 1326 पटक पढिएको
  • संवादताता

सविना अछामे-
मोरङ, पुस ८–मोरङको याङ्सिलामा जारी राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङको दुई विद्यालयका ६८ विद्यार्थी सहभागी भएका छन् । गत मङ्सिर २४ गतेदेखि सुरु तालिममा सरस्वती माविका १७ छात्रा, १७ छात्र तथा पञ्च माविको १७ छात्रा र १७ छात्र सहित ६८ जना विद्यार्थी सहभागी भएका हुन् ।
उक्त तालिममा विभिन्न १५ विद्यालयका पा“च सय २३ जना विद्यार्थी सहभागी रहेको सरस्वती माविका विद्यार्थी सहभागी गराउ“न याङ्सिला पुगेका शिक्षक धनिराम राईले बताए । उक्त तालिम आगामी पुस १५ गते समापन हुने छ । उक्त तालिममा तेह«थुमको कालिका मावि, पा“चथरको नया“ नमुना मावि र विद्या बरदान इङ्लिस बोर्डिङ स्कुल, खोटाङको सरस्वती मावि र पञ्च मावि, अर्घाखा“चीको ज्योति मावि र भगवती मावि, सप्तरीको जनता मावि र महावीर मावि, इलामको भगवती मावि, झापाको सहिद मावि, लिटिलफ्वावर इङ्लिस स्कुल, विरेन्द्र मावि र काडकभिट्टा मावि, इलामको प्रज्ञा सदन एजुकेशनल अङ्ग्रेजी माविका विद्यार्थी सहभागी छन् । देशभर यो वर्ष सात हजार सात सय जना सहभागी भएको श्रोतले जनाएको छ ।
विद्यार्थीहरुको क्षमता विकास गर्न तालिम आयोजना गरिदै आएको छ । यो तालिमले अनुशासन, समय पालन, सामुहिक कार्यमा क्रियाशील हुने अपेक्षा गरिएको छ । २०२२ सालदेखि उपत्यकाबाट सुरु भएको यो तालिम अहिले देशभर सुरु भएको छ । उक्त तालिममा जिल्लाबाट निरन्तर तीन वर्षदेखि सहभागी हुदै आएको छ । यसअघि दिक्तेलको दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयका विद्यार्थी समेत सहभागी भएका थिए । तीन वर्षअघिको सहभागितामा दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयका विद्यार्थी तालिमकै अब्बल घोषित भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित