नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वीपी कोइराजला लायन्स नेत्र अध्ययन केन्द्र (शिक्षण अस्पताल) महाराजगन्ज काठमाडौं र नेत्रज्योति संघको संयुक्त आयोजनामा भएको आँखा शिविरमा एक हजार बढी आँखा रोगीले सेवा पाएका छन् ।
जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा फागुन २ गतेदेखि ४ गतेसम्म भएको निःशुल्क आँखा जाच तथा शल्यक्रिया शिविरमा एक हजार एक सय ३७ जनाले सेवा पाएका हुन् ।
शिविरमा ६४ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया, नौ जनाको टेरिजिएम शल्यक्रिया र तीन जनाको इन्ट्रोपियन शल्यक्रिया गरिएको छ । चार सय जनालाई निःशुल्क चश्मा वितरण समित गरिएको छ । हेल्पिङ हेण्ड अस्पताल काठमाडौंको सहयोगमा नेपाल नेत्रज्योति संघ खोटाङ मार्फत चश्मा वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित