नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वीपी कोइराजला लायन्स नेत्र अध्ययन केन्द्र (शिक्षण अस्पताल) महाराजगन्ज काठमाडौं र नेत्रज्योति संघको संयुक्त आयोजनामा भएको आँखा शिविरमा एक हजार बढी आँखा रोगीले सेवा पाएका छन् ।
जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा फागुन २ गतेदेखि ४ गतेसम्म भएको निःशुल्क आँखा जाच तथा शल्यक्रिया शिविरमा एक हजार एक सय ३७ जनाले सेवा पाएका हुन् ।
शिविरमा ६४ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया, नौ जनाको टेरिजिएम शल्यक्रिया र तीन जनाको इन्ट्रोपियन शल्यक्रिया गरिएको छ । चार सय जनालाई निःशुल्क चश्मा वितरण समित गरिएको छ । हेल्पिङ हेण्ड अस्पताल काठमाडौंको सहयोगमा नेपाल नेत्रज्योति संघ खोटाङ मार्फत चश्मा वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित