धरानका नगरप्रमुख हर्क साम्पाङ पुख्यौली थलोमा

  • प्रकाशित मितिः फागुन 4, 2079
  • 721 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ फागुन ४–धरान नगरप्रमुख हर्क साम्पाङ पुख्यौली थलो आएका छन् । यसक्रममा उनले साम्पाङ राईको ऐतिहासिक उद्गमस्थलको अवलोकन गरेका छन् ।
केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गमथलो खकलुङ, साम्पेलुङ र खकलुङकुवा अवलोकन गरेका हुन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित पुख्र्यौली घर पुगेका साम्पाङले अवलोकन गरेका हुन् । साम्पाङ राईको एतिहासिक स्थल खकलुङलाई फुपालुङ (बाजेढुंगा) र मुवालुङ (बोजुढुङ्गा) भनेर चिन्ने गरिन्छ । साम्पाङ राईको पुर्खाले साम्पेलुङमा पहिलो पाइला टेकेको खकलुङमा बसोबास गरेको र उक्त ठाउँको कुवाको पानी पिएको किम्वदन्ती छ ।
साम्पाङले खोक्मास्थित किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङको कार्यालयमा जुम्लेखाको झण्डोलत्तन समेत गरेका छन् । साम्पाङले साम्पाङ राईको उद्गमथलो खबलुुङको विकासमा लाग्ने प्रतिबद्घता जनाएका छन् ।
साम्पाङ किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ, यायोक्खाको केपिलासगढी गाउँपालिका कमिटी र किरात साम्पाङ राई जुम्लेखा खोटाङले स्वागत तथा सम्मान गरेका छन् । साम्पाङलाई कदर– पत्र र मायाको चिनो स्वरुप चिण्डो प्रदान गरेर सम्मान गरेका थिए ।
केपिलासगढी गाउँपालिकाले नगरप्रमुख साम्पाङलाई स्वागत गरेको छ । उनलाई गाउँपालिका अध्यक्ष समीर राई, उपाध्यक्ष गुरुराज राई लगायतले खादा ओढाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित