सविना अछामे–
खोटाङ, माघ २९–खोटाङ दलित विकास मञ्च नेपाल खोटाङले विभिन्न कार्यक्रमबारे सार्वजनिक सुनुवाइ कायक्रम गरेको छ । मञ्चले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको बारेमा माघ २८ गते दिक्तेलको होटल थ्रि ब्रदर्समा सार्वजनिक सुनुवाइ गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित दलित सचेतना तथा क्षमता अभिबृद्घि कार्यक्रम, दलित सशक्तीकरण तथा नेतृत्व विकास तालिम, प्रस्ताव लेखन लगायतका कार्यक्रमको सार्वजनिक सुनुवाइ गरेको हो । दलित सचेतना तथा क्षमता अभिबृद्घि कार्यक्रम १५ वटै वडामा वडास्तरीय, दलित सशक्तीकरण तथा नेतृत्व विकास तालिम र प्रस्ताव लेखन तालिम नगरस्तरीय कार्यक्रमका लागि नगरपालिकाले दश लाख रूपैयाँ उपलब्ध गराएको मञ्चका अध्यक्ष मिलन चाहारले बताए ।
सार्वजनिक सुनुवाइमा वडास्तरीय दलित सचेतना तथा क्षमता अभिबृद्घि कार्यक्रमका लागि छ लाख चार हजा पाँच सय १५ रुपैयाँ, दलित सशक्तीकरण तथा नेतृत्व विकास तालिमका लागि एक लाख ८३ हजार आठ सय ५०, प्रस्ताव लेखन, सशक्तीकरण तथा सार्वजनिक सुनुवाइका लागि ८६ हजार दुई सय रुपैयाँ, कार्यालय व्यवस्थापन तथा संस्थागत विकास कार्यक्रमका लागि दुई लाख ३८ हजार रूपैयाँ खर्च गरिएको प्रस्तुत गरिएको छ । नगरपालिकाको भ्याट सहित दश लाख र बाँकी संस्थाले ब्यहोरेको चाहारले सुनाए ।
सार्वजनिक सुनुवाइमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा नं १ का वडा अध्यक्ष नवराज राई, कार्यपालिका सदस्यहरु राम हिङ्माङ, झुलेन्द्र विश्वकर्मा, विरेन्द्र दर्नाल, जनजाति महासंघ खोटाङका कार्यबाहक अध्यक्ष एलबी मगर, खोटाङ उद्योग वाणिज्य संघका सचिव तुङ्ग कालिकोटे, दलित महिला सदस्यहरु लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित