नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–पाँच महिनादेखिको खडेरीले वन क्षेत्रमा डढेलोको जोखिम बढेपछि सचेतना गराउँने निर्णय भएको छ । माघ २५ गते भएको जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले भौतिक पूर्वाधारहरु निर्माण गर्दा वन क्षेत्रको हैसियत बिग्रने गरी गतिविधि गरिरहेकाले त्यसलाई वनको मापदण्ड र नियम बमोजिम प्रयोग गर्ने समेत निर्णय गरेको छ । नदीजन्य, खानीजन्य वस्तुहरु नियमन नगरी निकासी भइरहेकाले त्यसलाई नियमन गर्न सम्वन्धित स्थानीय तहहरुलाई अनुरोध गर्ने समेत निर्णय भएको राईले बताए । निर्णयलाई प्रभावकारी बनाउँन अनुगमनलाई सशक्त पारिने समेत राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित