ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, एक घाइते

  • प्रकाशित मितिः पुस ८, २०७५
  • 1636 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस ८–ट्रयाक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आइतबार बिहान तीन बजे दिक्तेलबाट निर्मली जादै गरेको को २ त ५६६० नम्बर ट्रयाक्टर दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडा“डाका ३६ वर्षीय मिनप्रसाद लुइटेल, २१ वर्षीय माइकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका खेमराज भुजेलको ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागि दिक्तेल अस्पतालको शव गृहमा राखिएको छ ।
दिक्तेलबाट निर्मली जादै गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालीखोलामा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । ट्रयाक्टर करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडा“डाका २१ वर्षीय दुर्गाबहादुर लुइटेल सख्त घाइते भएका छन् । उनको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुदा थप उपचारका लागि अन्यत्र लैजादा हेलिकोप्टर चार्टर गर्न वाध्य हुनु परेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित