सविना अछामे–
खोटाङ, माघ २४–काम सकिसक्नु पर्ने बेलामा सगरमाथा लोकमार्गको महुरे–सिम्पानी सडक खण्डमा उपयोग गरिरहेको उपकरण उठाएर लगेको छ । निर्माणमा संलग्न भरत कन्ट्रक्सन-सिद्घि शाही जेभीले निर्माणस्थलमा उपयोग गरिरहेको टिपर, क्रसर मेसिन लगायतका उपकरण उठाएर लगेको हो ।
निर्माण कम्पनीले उक्त निर्माण सामग्री अरुकै भाडामा ल्याएको तर भाडा नतिरेपछि सम्वन्धित व्यक्ति नै आएर माघ ४ गते उठाएर लगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाअध्यक्ष दिनेश राईले बताए । यसबाहेक निर्माणमा संलग्नले ढुङ्गा, गिटी समेत बेचेर हिँडेको राईले सुनाए । उक्त सडक खण्डमा खटिएका कर्मचारीहरुले होटलमा खाएको तथा कामदारहरुले खाएको खाद्य सामग्रीको समेत पैसा नतिरेकाले समस्या आएको राईको भनाई छ ।
करिब ४१ करोड ५० लाख रूपैयाँको लागतम २०७७ असार २९ गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले २०७३ असार ३० गने संझौता गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेदेखि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीसम्म (२२ किलोमिटर) सडकको काम भने करिब ५० प्रतिशत मात्र सम्पन्न भएको गाइघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । उक्त सडक खण्डको काम अलपत्र परेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित