सविना अछामे–
खोटाङ, माघ २२–यो आर्थिक वर्षमा खोटाङमा ६ वटा जबरजस्ती करणीको घटना भएको छ । साउनदेखि मङ्सिर १५ गतेसम्म ६ वटा जबरजस्ती करणीका घटना भएको हो ।
सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमध्ये सबैभन्दा बढी खोटाङमा जबरजस्ती करणीका घटना भएको राष्ट्रिय मानवअधिकार आयोग दिक्तेलमा माघ २२ गते आयोजना गरेको छलफलमा जानकारी गराइएको हो । ओखलढुङ्गामा चार र सोलुखुम्बुमा दुई वटा जबरजस्ती करणीका घटना भएका छन् ।
त्यस्तै यसै आर्थिक वर्षको साउनदेखि पुससम्ममा आत्महत्या गर्ने पनि खोटाङमै बढी भएको पाइएको छ । खोटाङमा २९, ओखलढुङ्गामा २३ र सोलुखुम्बुमा २० जनाले आत्महत्या गरेको आयोगले जनाएको छ ।
घरेलु हिंसा सबैभन्दा बढी ओखलढुङ्गामा १८ वटा घटना भएका छन् । सोलुखुम्बुमा १८ र खोटाङमा ११ वटा घटना भएको आयोगले जनाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेलको उपस्थितिमा छलफल आयोजना गरिएको थियो ।
कार्यक्रममा खोटाङको तीन महिला हत्या प्रकरण, भूदेउ हत्या प्रकरण, हलेसी तुवाचुङ नगरपालिकामा भएको किशोरी मृत्यु प्रकरण, लालुपाते बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुको रकम लगायत विषयमा सहभागीहरुले उठाएको थिए । यसबाहेक सुन्तलेमा सेनाले बिच्छ्याएको बम विस्फोटबाट घाइते भएकी महिलालाई क्षतिपूर्ति लगायतका विषय पनि उठाइएको थियो ।
कार्यक्रममा तीन महिला हत्या प्रकरणका दोषी पत्ता लगाई पीडित परिवारलाई न्याय सहित आम नागरिकलाई राज्य र मानवअधिकारको प्रत्याभूति गराउँन माग गर्दै इन्सेक प्रतिनिधि तारानाथ फुयालले ज्ञापन पत्र समेत बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित