हलेसी गुफामा चोरी गर्ने पक्राउ

  • प्रकाशित मितिः माघ १६, २०७९
  • 304 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी गर्ने पक्राउ परेका छन् । हलेसी गुफाभित्रको दान पेटिका फुटाएर माघ १५ गते मध्यराती चोरी गर्ने इलाम सातखरा नगरपालिका–८ का २४ वर्षीय रुपेश राई माघ १६ गते पक्राउ परेका हुन् ।
राईलाई सुमोमा भाग्दै गरेको अवस्थामा च्यास्मिटारस्थित प्रहरी चेक पोष्टबाट माघ १६ गते बिहान ११ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । पद्मसम्भवले तपस्या गरेको हलेसी गुफा र पार्वतीथानमा रहेको दान पेटिका फुटाई चोरी गरेको जानकारीपछि सिसि क्यामेरा फुटेज हेरेपछि चोर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।
राईको साथबाट चार हजार छ सय ९० नेपाली रूपैया“ र एक हजार आठ सय ४५ भारतीय रूपैया“ बरामत गरिएको डिएस्पी मुकारुङले सुनाए । पक्राउपछि राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित