जापानको तोचिगी नगर प्रमुख ओखावा हिदेको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बीच भेट

  • प्रकाशित मितिः माघ 13, 2079
  • 1185 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १३–जापानको तोचिगी नगर प्रमुख ओखावा हिदेको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बीच माघ १२ गते भेट भएको छ । पुस ३० गते जापान पुगेका भट्टराईले १२ दिनपछि नगरप्रमुख ओखावा हिदेकोसंग भेट गरेका हुन् ।

vet
भेटको क्रममा भट्टराईले नेपालको पहिचान झल्काउँने विभिन्न उपहार प्रदान गरेका छन् । किराती संस्कृतिमा आधारित वाबु÷खर (चिण्डो), भुने, नेपालको चिनारी स्वरुप बुद्धको मुर्ती, एक सिंगे गैंडा लगायतका विभिन्न उपहार प्रदान गरेका हुन् । भेटघाटका क्रममा सडक, शिक्षा, कृषि, फोहर व्यवस्थापन तथा सरसफाइ बारे छलफल भएको नगरप्रमुख भट्टराईले बताए । यस क्रममा तोचिगी नगर प्रमुख ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आउँन निम्तो दिएका छन् ।

vet1

तोचिगी नगर प्रमुख ओखावा हिदेको सहित नगर पालिका अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख आओकी हिरोसी, निदेशक आकीहिरो, नीति निर्माण विभाग प्रमुख केवुकावा वातारु, शाखा प्रमुख ओसिताका ओसियामा तथा शिक्षा शाखा उपप्रमुख केइची यामागुची, एनआरएनएका मन्दीप क्षेत्री, एस.एम.एस कर्पोरेसन कम्पनी लिमिटेडका महेश लुइटेल लगायतको सहभागिता थियो । होचिगी नगरको चलन अनुसार नगरप्रमुख भट्टलाई भब्य स्वागत गरिएको थियो । 

vet3

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित