वडै पिच्छे सामाजिक सुरक्षा भत्ता वितरण

  • प्रकाशित मितिः माघ ११, २०७९
  • 449 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ११–साकेला गाउँपालिकाले वडै पिच्छे सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । बृद्ध–बृद्धा तथा अशक्तलाई सहज बनाउँन वडै पिच्छे दोश्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
माघ–३ देखि १० गतेसम्म शिविर आयोजना गरी सामाजिक सुरक्षाभत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङले बताए । चाम्लिङका माघ ३ गते वडा नं. ३ खिदिमा ७६ जना लाभग्राहीलाई सात लाख ५ सय रुपैंयाँ, माघ ४ वडा नं. ४ मात्तिममा ६१ लाभग्राहीलाई छ लाख ५४ हजार रुपैंया, माघ ५ गते वडा नं. ५ मात्तिमबिर्तामा ९६ जना लाभग्राहीलाई १० लाख ९४ हजार रुपैंयाँ वितरण गरिएको छ ।
त्यस्तै माघ ६ गते वडा नं. २ रतन्छामा एक सय नौ जना लाभग्राहीलाई १२ लाख ५९ हजार रुपैंयाँ, माघ ९ गते वडा नं. १ बा“झेच्यानडाडाँमा ७७ जना लाभग्राहीलाई आठ लाख ७१ हजार र माघ १० गते उक्त वडाकै चण्डेश्वरी आधारभूत विद्यालयमा ७१ जना लाभग्राहीलाई सात लाख ५१ हजार रुपैंयाँ सहित चार सय ८१ जनालाई ५५ लाख २९ हजार पा“च सय रुपैयाँ सामाजिक सुरक्षाभत्ता वितरण गरिएको चाम्लिङले बताए । गाउँपालिका र नेपाल एसबिआई बैंक बीच टोल तथा वटामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने संझौता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित