खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते

  • प्रकाशित मितिः माघ 11, 2079
  • 762 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस माघ ११ गते बिहान नुनथलामा दुर्घटना भएको हो ।
दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक ३६ वर्षीय स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाडाँका २५ वर्षीय कुबिर दाहाल, उक्त नगरपालिका–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिनराज खतिवडा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उक्त गाडीमा चालक सहित १९ यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित