उधौली रौनक

  • प्रकाशित मितिः पुष ७, २०७५
  • 1481 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस ७–
तल–तल सिमसारैमा हल–हलेको साग छ, ए होइ स्यामुना, 
कस्को छोरा कस्को छोरी तिम्रै माया“ लाग्छ, ए होइ स्यामुना....
ढोल–झ्याम्टाको तालमा माझकिरात खोटाङको मझुवागढीमा तन्नेरीदेखि पाकासम्म साकेला सिली ना“चिरहेका थिए । उधौली पर्वको अवसरमा प्रकृतिको लीला साकेला सिली मार्फत शनिबार दिनभर प्रस्तुत गरेका हुन् ।
उधौली पर्वको अवसरमा किरात राई यायोक्खा, किरात सेवा समाज र मझुवागढी संरक्षण तथा पर्यटन विकास समितिले मझुवागढीमा आयोजना गरेको साकेला सिली ना“च्न युवायुवतीदेखि पाकाहरुसम्म भेला भएका थिए । किराती मात्र नभएर गैर किरात समेत साकेला सिली ना“चमा सहभागी भएको किरात राई यायोक्खा खोटाङका सचिव योगसन राईले बताए ।  
किराती संस्कृति अनुसार विभिन्न जीव तथा जलचर उधौली लाग्ने बेला उधौली पर्व मनाउ“ने गरिन्छ । अन्न (बाली–नाली) थन्काई सकेपछि सु–स्वास्थ्य, समृद्ध र दीर्घायुको कामना गर्दै प्रकृतिको पूजा आराधना गरी उधौली मनाउ“ने परम्परा रहेको मझुवागढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । यस अवसरमा अवसरमा आफन्तसंग भेटघाट गर्ने चलन छ । यो अवसरमा छोरी चेली माइती आउ“ने, दुःख–सुख साटासाट गर्ने परम्परा भएकाले उधौली पर्व विशेष हुने चाम्लिङले बताए । 
बैशाखे पूर्णीमाको दिनदेखि उभौली पर्व मनाउ“ने गरेका छन् । सम्पूर्ण जीव तथा जलचर उभौली लागेको बेला उभौली पर्व मनाउ“ने परम्परा रहेको किरात सेवा समाज खोटाङका अध्यक्ष दिनेश राईले बताए । उभौलीमा प्राकृतिक प्रकोप नहोस्, सु–स्वास्थ्य, दीर्घायु लगायतको कामना गर्दै उभौली मनाउ“ने चलन रहेको राईले सुनाए ।  
उधौलीकै अवसरमा रुपाकोट, बगरेभन्ज्याङ, दोर्पा लगायतका ठाउ“हरुमा पनि शनिबार साकेला सिली आयोजना गरिएको छ । दोर्पामा साकेला सिली प्रतियोगिता गरिएको किरात राई यायोक्खा खोटाङका सचिव योगसन राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित