सविना अछामे–
खोटाङ माघ २–हलेसी तुवाचुङ नगरपालिकाकी एक किशोरी मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रन्जिता दाहाल घर नजिकैको खन्युको रुखमुनि माघ २ गते विहान मृत फेला परेकी हुन् ।
माघ १ गते हलेसीस्थित महेन्द्रोदय माविबाट घर फर्किएकी किशोरी दिउसो चार बजेतिरबाट बेपत्ता भएको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख विमला राईले बताइन् । कक्षा १० मा अध्ययरत उनी आफ्नै कक्षाले माघ ३ गतेदेखि आयोजना गर्ने फुटबलको तयारीमा झरेकी राईले सुनाइन् । किशोरीको ओठ, आँखा, घाँटीमा चोट देखिएको तथा सलको एक टुक्रा रुखको हागामा र एक टुक्रा घाटीमा फेला परेको स्थानीयले बताएका छन् । घटनाको बारेमा छानविन भइरहेको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किरण राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित