नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–सौतेनी आमाको कुटाईबाट बालिका गम्भिर घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी १५ वर्षीया विनिता आचार्य गम्भिर घाइते भएकी हुन् ।
पुस २९ गते दिउसो सौतेनी आमा चन्द्रकला आचार्यले निर्घाट कुटपिट गर्दा देब्रे आँखा र टाउकोमा चोट लागेको छ । उनको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । उनको तिलगङ्गा आँखा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक किरण राईले बताए ।
विनिताको स्वास्थ्यमा सुधार भइरहेको प्रहरी महिला सेलकी प्रहरी सहायक निरीक्षक सिर्जना राईले बताइन् । ‘तिलगङ्गाले बालिकाको आँखाको सीटी स्क्यानका लागि केएमसी अस्पताल पठाएको थियो ।’ राईले भनिन्–‘सीटीस्क्यानपछि फेरि तिलगङ्गामै ल्याएर उपचार भइरहेको छ ।’
कुटपिटमा संलग्न चन्द्रकलालाई घटनाकै दिन नियन्त्रण लिएर अनुसन्धान बढाइएको प्ररही निरीक्षक राईले बताए । उनलाई मुद्दा चलाउँने तयारी गरिएको छ । ‘पीडकलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ राईले भने–‘अफिस लाग्ने साथ मुद्दा दायर हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित