हलेसी तुवाचुङमा वडाबाटै सेवा प्रवाह

  • प्रकाशित मितिः पुस २९, २०७९
  • 787 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २९– हलेसी तुवाचुङ नगरपालिका–१ वाहुनीडाडा“मा सामाजिक सुरक्षा भत्ता, योजना संझौता लगायतका सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त पहलमा पुस २८ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, स्वास्थ्य परीक्षण लगायतका विभिन्न पा“च प्रकारका सेवा प्रदान गरिएको हो ।
कार्यक्रममा ७ वटा वडागत योजना सम्झौता, एक सय ६१ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण, ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, ८ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको छ । कार्यक्रममा नगरपालिकाको ‘बालिका विकास बचत’ कार्यक्रम अन्तरगत ६ जना बालिकाको खातामा रकम जम्मा गरी बैंकले दिएको भौचर आमाहरुलाई वितरण गरिएको छ । आवश्यकता अनुसार अन्य वडाहरुमा पनि एकीकृत सेवा प्रवाह गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित