हलेसीमा पर्यटक गाइड तालिम

  • प्रकाशित मितिः पुष २८, २०७९
  • 478 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २८–पर्यटन प्रबद्र्धनका लागि हलेसीमा स्थानीयलाई पर्यटक गाइड तालिम सुरु गरिएको छ । हलेसीमा आउ“ने पर्यटकलाई सहज बनाउ“न हलेसी तुवाचुङ नगरपालिकाले उक्त तालिम दिएको हो ।
हलेसीको महत्व बुझाउ“न पर्यटक गाइड तालिम दिइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन् । हलेसी मन्दिर व्यवस्थापन समितिको सभा हलमा पुस २७ गतेदेखि एक सातासम्म तालिम सञ्चालन हुने छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौंसंगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो ।
हलेसी हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरुको साझा आस्थाको धरोहर भएकाले एक आपसको धार्मिक सहिष्णुतालाई मजबुद बनाउ“न तालिम दिइएको राईको भनाई छ । हलेसी नगरपालिकाको मात्र नभएर प्रदेश १ कै अर्थतन्त्रलाई बलियो बनाउ“ने माध्यम भएकाले उज्ज्वल भविष्यलाई ध्यानमा राखेर तालिम लिन सहभागीहरुलाई आग्रह गरिन् ।
उक्त तालिममा ७ महिला र १८ पुरुष गरी २५ जना सहभागी छन । तालिम लिनेहरुलाई सूचीकृत गरेर राखिने छ । गाइडसम्बन्धी कार्यविधि निर्माण गरी तालिम लिनेहरुलाई गाइडको रुपमा परिचालन गर्ने नगरपालिकाको लक्ष्य छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विभागिय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सहप्राध्यापक तथा संस्कृतविद् डा. लोकनाथ दुलाल, बौद्घ धर्मगुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्येयता भोगीराज चाम्लिङ लगायतले सहजीकरण गरिरहेका छन् ।
तालिकमको उद्घाटन कार्यक्रममा नगरप्रमुख राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित