सविना अछामे–
खोटाङ, पुस २७–दिक्तेलको शुभम फाउण्डेसनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जिल्लाका तीन महिला हत्यामा संलग्नका दोषी पत्तो नलागेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगले संयुक्त रुपमा पुस २७ गते आयोजना गरेको उक्त कार्यक्रममा त्यस्तो गुनासो गरेका हुन् ।
२०७३ माघ २६ गते हत्या गरिएको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साउन ४ गते हत्या गरिएको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा र २०७४ जेठ १७ गते हत्या गरिएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको हत्यारा अझै पत्तो नलागेको गुनासो गरेका हुन् ।
त्यस्तै छलफल कार्यक्रमका सहभागीहरुले बाल विवाह, बलात्कार, घरेलु हिंसा, सम्वन्ध विच्छेद, जातीय विभेद, आमाको नामबाट नागरिकता पाउँन असहजता लगायतका विषयमा समस्या कायमै रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्घिजनित समितिबाट नेपालको छैटौं आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्थासम्वन्धी कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला आयोगकी कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडा, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष लिली थापा, नितु गड्तौला, महिला आयोगकी सीता अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगकी मनमायाँ रानामगर, नेत्र गौतम, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, पूर्वअध्यक्ष दमन राई, प्रहरी निरीक्षक किरण राई, जिल्लास्थित महिलाअधिकारकर्मी, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित