सविना अछामे–
खोटाङ, पुस २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन वडालाई खानेपानी पु¥याउँन लिफ्टिङ योजनाको काम सुरु भएको छ । साप्सुखोलाको पानी लिफ्टिङ प्रविधिबाट तानेर नगरपालिकाको वडा नं ३ बाम्राङ, ४ खाल्ले र ५ लफ्याङका करिब दुई हजार बढी घरधुरीलाई पु¥याउँन योजनाको काम सुरु भएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत करिब ५४ करोड ६७ लाख ९० हजार सात सय १६ रुपैयाँको लागतमा उक्त योजना सुरु भएको हो । मृत सञ्जीवनी–सगरमाथा जेभीले २०८२ भदौ ४ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ साउन २२ गते संझौता गरेको उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । निर्माण कम्पनीले २०७१ भदौ ५ गतेदेखि नै काम सुरु गरे पनि पुस २३ गते मात्र संविधानसभा सदस्य अर्जुन राईबाट शिलान्यास गरिएको राईले जनाए । उक्त खानेपानी योजनाले बाम्राङ, खाल्ले र लफ्याङका दुई हजार तीन सय ८२ घरधुरीलाई पुग्ने छ ।
यो योजना अन्तरगत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतको संरचना बन्ने छ । एक सय तीन किलोमिटर वितरण पाइपलाइन र खोलादेखि पाँच हजार एक सय ट्रान्समिसनलाइनको काम हुने अध्यक्ष राईले बताए ।
६ वटा ट्याङकी मार्फत खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकालिने छ । मेवा खोला हाइड्रोपावर(एक मेगावाट क्षमता)को नजिकैबाट लिफ्टिङ योजना सुरु भएको हो । खानेपानीको बड्दो समस्यालाई ध्यानमा राखेर योजना सञ्चालन गरिएको अध्यक्ष राईले जनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित