अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पा स्पोर्टस् क्लबलाई

  • प्रकाशित मितिः पुष 23, 2079
  • 97 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, पुस २३–अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलको उपाधि नेर्पा स्पोर्टस् क्लवले चुमेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा पुस २३ गते सम्पन्न खेलमा दिक्तेल फुटबल क्लवलाई दुई शुन्यले हराउँदै उपाधि चुमेको हो ।
चियाबारी फुटबल क्वल इलाम र मानेभन्ज्याङ स्पोर्टस् क्लव ओखलढुङ सेमी फाइनलिष्ट घोषित भएका छन् । बिजेता टिमले दुई लाख ५१ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले एक लाख ११ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र पाएका छन् । सेमिफाइनलिष्ट इलाम र ओखलढुङले २५/२५ हजार नगद सहित कप, मेडल र प्रमाण-पत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित