सविना अछामे–
खोटाङ, पुस– २१ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जेष्ठ नागरिकलाई फाइबरको सिरक वितरण गरेको छ । वडा नं–५ लफ्याङका ८२ वर्षमाथिका ५० जना जेष्ठ नागरिकलाई पुस २० गते वितरण गरेको हो ।
नगरपालिकाको बालबलिका तथा महिला शाखाबाट सञ्चालित उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत एक लाख ५० हजारको बजेटबाट सम्मान तथा अन्तरक्रिया कार्यक्रम सहित सिरक वितरण गरिएको हो । नगरपालिकाका १५ वटै वडाका बृद्घ–बृद्घालाई विभिन्न तरिकाले यसरी नै सम्मान गरिने उपप्रमुख विसन राईले बताए ।
लफ्याङको वडा कार्यालयमा भएको कार्यक्रममा उपप्रमुख राई, ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका सदस्य दुर्गाप्रसाद घिमिरे, वडा नं ५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरे, जेष्ठ नागरिक संघ खोटाङका सचिव राम ताम्राकार लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित