साकेलालाई हराउँदै नेर्पा सेमी फाइनलमा प्रवेश

  • प्रकाशित मितिः पुष 20, 2079
  • 115 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २०– दिक्तेल बजारमा जारी अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलमा नेर्पा स्पोर्टस् क्लव सेमी फाइनलमा पुगेको छ । पुस २० गते भएको पहिलो खेलमा साकेला फुटबल क्लबलाई ४ शुन्यले हराउँदै नेर्पा स्पोर्टस क्लव सेमी फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा नेर्पा स्पोर्टस क्लबका जर्सी नम्बर ११ का विजु भुजेल र जर्सी नम्बर १० का विकी राईले थप एक गोल गर्दै खेललाई अगाडि बढाएका थिए । खेलको दोश्रो हाफमा जर्सी नम्बर १० का बिकी राईले पेनाल्टीबाट थप एक गोल थपेका थिए । खेलको अन्त्यतिर जर्सी नम्बर ९ का सुमन मगरले थप एक गोल थपेर जित सुनिश्चित गरेका हुन् । उक्त खेलमा साइमन लिम्बु उत्कृष्ट खेलाडी चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित