खोटेहाङमा नयाँ भाडा दर निर्धारण

  • प्रकाशित मितिः पुस 20, 2079
  • 1580 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २०–खोटेहाङ गाउँपालिकाको विभिन्न ठाउँबाट शहर तथा अन्य गन्तव्यमा जाने सवारी साधनको भाडा दर निर्धारण गरेको छ । पुस १९ गते खोटेहाङ गाउँपालिकाको सभाहलमा भएको बैठकले नयाँ भाडा दर निर्धारण गरेको हो ।
खोटेहाङ गाउँपालिका तथा यातायात व्यवसायी संघ सहभागी बैठकले पुस २० गतेबाटै लागू गर्ने गरी बसको नयाँ भाडा दर निर्धारण गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए ।
नयाँ भाडा दर अनुसार वाखुताङ–काठमाडौं २७ सय, खोटाङ बजार–काठमाडौं २५ सय, सिम्पानी–काठमाडौं २२ सय, रसुवाघाट–काठमाडौं १९ सय, वाखुताङ–गाइघाट १४ सय, खोटाङबजार–गाइघाट १२ सय, खोटाङबजार–इटहरी १६ सय, वाखुताङ–इटहरी १६ सय, सिम्पानी–इटहरी १५ सय निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै खोटाङबजार–दिक्तेल आठ सय २५, रोक्सिङ भन्ज्याङ–गाइघाट १२ सय, वाखुताङ–निगाले–दिक्तेल एक हजार, खोटाङबजार–रसुवाघाट छ सय, चिप्रिङ गाइघाट १३ सय, रोक्सिङ भन्ज्याङ–दिक्तेल सात सय, रसुवाघाट–दिक्तेल छ सय रुपैयाँ भाडा दर निर्धारण गरिएको बैठकमा सहभागी खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङमाङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित