दलितको क्षमता विकासका लागि अभिमुखीकरण

  • प्रकाशित मितिः पुस 19, 2079
  • 1032 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा दलित सशक्तीकरण तथा उद्यमशिलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पुस ३ गतेदेखि १८ गतेसम्म उक्त कार्यक्रम भएको हो ।

progragram
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा खोटाङ दलित विकास मञ्च नेपाल खोटाङले कार्यक्रम आयोजना गरेको हो । नगरपालिकाको १० लाख (भ्याट सहित) सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको खोटाङ दलित विकास मञ्च नेपाल खोटाङका अध्यक्ष मिलन चाहारले बताए ।
उक्त कार्यक्रम पुस ३ गते वडा नं ७ दोर्पा चिउरीडाडा“, ४ गते वडा नं ८ बुवालुङ, ५ गते वडा नं ९ निर्मालीडाडा“, ६ गते वडा नं १० पाथेका, ७ गते वडा नं ११ खार्मी, ८ गते वडा नं १२ जालपामा सम्पन्न भएको थियो ।

guddu
त्यस्तै ९ गते वडा नं १३ नुनुथला, १० गते वडा नं १४ बुइपा, ११ गते वडा नं १५ विजयखर्क, १२ गते वडा नं ३ बाम्राङ, १३ गते वडा नं ४ खाल्ले, १४ गते वडा नं ५ लफ्याङ १५ गते वडा नं ६ नेर्पा, १७ गते वडा नं १ दिक्तेल र १८ गते वडा नं २ सोल्मामा भएको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको थियो । दोर्पामा ६४ जना, बुवालुङमा ३४, निर्मलीडाडा“मा ४१, पाथेकामा ५५, खार्मीमा ५८, जालपामा ५१, नुनथलामा २९, बुइपा ३३, विजयखर्कमा ६४, बाम्राङमा ४३, खाल्लेमा ५०, लफ्याङमा ४७, नेर्पामा ४७, दिक्तेलमा ४१ र सोल्मामा २८ जनाले तामिल लिएका थिए ।

bamrang
कार्यक्रममा पर्शुराम विश्वकर्मा, मिलन चाहार, लक्ष्मीकुमार राई, गंगा विश्वकर्मा लगायतले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरुमा नगर कार्यपालिका सदस्य रामकुमार हिङमाङ, झुलेन्द्र विश्वकर्मा, विरेन्द्र दर्नाल, वडाअध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति थियो ।

nabaraj

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित