दोषी अझै पत्तो लागेन

  • प्रकाशित मितिः पुष ४, २०७५
  • 1333 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस ४–जिल्लाका तीन महिला हत्याका दोषी अझै पत्ता लागेको छैन । खोटाङ गाउ“पालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा र जन्तेढुङ्गा गाउ“पालिकाकी देवी विश्वकर्माको हत्यारा अझै पत्तो नलागेको हो । 
खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेकी २०७३ माघ २६ गते १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न अझै पत्तो लागेको छैन । सिम्पानी बजारस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् । तामाङको हत्यारा पत्ता लगाउ“न नसकेपछि उनका परिवार विक्षिप्त बनेका छन् । 
घ ट ्न ा स् थ ल म ा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीको आशंका गरेको थियो । 
खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)लाई आयोगले अनुरोध गरेको थियो । स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउ“न उदासीन बनेको गुनासो गरेका छन् । जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मी समेत यो घटनाप्रति संवेदनशी नबनेको उनीहरुको गुनासो छ । यो घटनाका दोषी पत्ता नलागेपछि स्थानीय झन त्रासित बनेका छन् । दोषी निर्धक्कसाथ हिडिरहेको तर प्रहरी प्रशासन भने अनुसन्धानमा उदासीन बनेको रीताका बुवा वीरबहादुरले गुनासो गरेका छन् ।
त्यस्तै २०७४ साउन ४ गते मृत फेला परेकी जन्तेढुङ्गा गाउ“पालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषीको अझै पत्तो लाग्न सकेको छैन । जन्तेढुङ्गा गाउपालिका ४ डम्बर्खुशिवालयस्थित माइतीबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएको दोश्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडक भन्दा करिब पा“च सय मिटर तल फेला परेको थियो । कम्बरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो । 
हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा हत्यामा संलग्न पनि अझै पत्तो लागेको छैन । २०७४ जेठ १६ गते स्थानीय गु“रासेडा“डामुनि मृत फेला परेकी थिइन् । तीन महिलाको हत्याबारेअनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
हत्यारा पत्ता लगाउ“न सम्वन्धित निकाय संवेदनशील नभएको पूर्व सभासद तथा नेकपा केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले गुनासो गरिन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बहाल हु“दा भएको यी हत्या प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा समक्ष समेत गुनासो गरिएको राईले सुनाइन् । यसबारेमा गृहमन्त्री थापाले दोषी पत्ता लगाएर बारबाही गरिने आश्वासन दिएको राईले बताइन् । यद्यपि हत्यारा भने अझै पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित