नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, पुस १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन वडा सचिव विरुद्ध विशेष अदालतमा आरोप–पत्र दर्ता भएको छ । सामाजिक सुरक्षाभत्ता हिनामिना गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ११ गते आरोप–पत्र दायर गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालीन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय तथा विगो असुल गरी माग दाबी सहित आरोप–पत्र दाबी गरेको हो ।
आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा दोहोरो पर्ने गरी नभएको व्यक्तिको, मृत्यु भइसकेको, अभिलेख नै नभएको र बसाइ सरी सकेकाहरुको नाममा समेत सामाजिक सुरक्षाभत्ता वितरण भएको पाइएकाले आरोप–पत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित