पारस विराट–
ओ छेपाराहरु हो
बाहिर निस्क
सूर्यको पहिलो बुँद जमिनमा झरी नै सक्यो
दिन बढो घमाइलो भएको छ
हिजोजस्तो चिसो आज कहाँ छ र ?
रातीजस्तो शीत अहिले कहाँ झर्छ र ?
अब तिमीहरु कहिल्यै कठाङ्ग्रिनु पर्दैन
स्यु–स्यु गर्दै दुनियाँलाई बिजोक देखाउँनु पर्दैन
दिनभरि उद्यानमा मस्त सुत्न पाउँछौ
निस्फिक्री रम्न, जम्न पाउँछौ
स्वप्न दुनियाँमा आफ्नै रुमानी उडान भर्न सक्छौ
ओ, छेपाराहरु हो,
खेतका आलीहरुमा प्रसस्त छिचिमिराहरु लामबद्ध निस्किएका छन्
अब बाहिर निस्क ।
प्रकाशित मिति : २०७९ पुस ११
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित